२४ घण्टामा ११९ जनामा कोरोना सङ्क्रमण

तीन जनाको ज्यान गयो

  सरलपाटी सम्वाददाता

 284 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप एक सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७१ हजार नौ सय २५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६० जना निको भएसँगै कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ६८ हजार ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर आइसोलेशनमा रहनेको सङ्ख्या एक हजार आठ सय १५ रहेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म २० लाख ९३ हजार चार सय १७ जनाको पीसीआर परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार