हाल नेपालमा दुई हजार एक सय आठ जना सक्रिय सङ्क्रमित

२४ घण्टामा १०५ जनामा कोरोना सङ्क्रमण पुष्टि

  सरलपाटी सम्वाददाता

 477 पटक हेरिएको

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार सात सय ९९ जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार सात सय सात पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार पाँच सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३५ पुगेको छ ।अहिले नेपालमा दुई हजार एक सय आठ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ६४ जनाको आईसीयू र १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार