धनुषा । धनुषाको शिवचोकमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको छ । शिवचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो । त्यसै क्रममा झडप भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले उज्यालोलाई जानकारी दिए।
बन्दकर्ताले प्रहरीकै गाडीमा तोडफोड गरेपछि गोली चलाउनुपरेको जनकपुरका एसपी प्रकाश रानाभाटले जानकारी दिए । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर, अश्रुग्यास र गोली चलाएको बताइएको छ ।
तर प्रहरीको गोली कसैलाई पनि नलागेको र लाठीचार्जका क्रममा नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रामचन्द्र झासहित ११ जना घाइते भएका एसपी रानाभाटले जानकारी दिए ।
झडपमा केही प्रहरी पनि घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ ।


352 पटक हेरिएको 






