लागु औषध (खैरो हिरोइन) सहित इलाममा एक जना पक्राऊ

पक्राऊ

  सरलपाटी सम्वाददाता

 677 पटक हेरिएको

इलाम । इलाममा लागु औषध (खैरो हिरोइन) सहित एक जना पक्राऊ परेका छन् । सवारी साधन चेकजाँच गर्ने क्रममा ४५० मिलिग्राम लागु औषध (खैरो हिरोइन) सहित रमेश अधिकारी पक्राऊ परेका हुन् ।

जिल्ला प्रहरी कार्यलय इलामका अनुसार, विर्तामोडबाट इलाम दानाबारीतर्फ आउदै गरेको मे १० प ५१७४ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा माई नगरपालिका वडा नम्बर ४ लखनचोकमा अधिकारीलाई पक्राऊ गरिएको हो ।

बरामत लागु औषध, मोटरसाइकल र निजलाई बिहीबार जिल्ला प्रहरी कार्यलय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी लालध्वज सुबेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार