अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) इलाम माध्यामिक कमिटीले सहिद दिवशको अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।
सहिद दिवसको अवसरमा आयोजित प्रतियोगिताको सुरुवाती खेल आज सम्पन्न भयो भने फाइनल खेल माघ १६ मा सम्पन्न हुनेछ । कार्यक्रमको अध्यक्षमा अनेरास्ववियू इलाम माविको अध्यक्ष रोशन दियालीले गरे भने कार्यक्रमको प्रमुख आतिथ्यता अनेरास्ववियू केन्द्रीय कमिटी सचिवालय सदस्य इश्वरी तामाङ्गले गरेका थिए ।
कार्यक्रमको विशेष अतिथि अनेरास्ववियू केन्द्रिय कमिटीका सचिवालय सदस्य रविन्द्र सुवेदीले गरेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, विशेष अतिथि र अतिथिद्वारा खेलाडीलाई बल प्रदान गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फको मानविकी र व्यवस्थापनमा व्यवस्थापन ‘वि’ संकाय विजयी भयो त्यस्तै कक्षा ११ को व्यवस्थापन र कक्षा १२ को व्यवस्थापनको खेलमा कक्षा ११ को व्यवस्थापन विजयी भयो ।
त्यसैगरी महिला तर्फको कक्षा ११ व्यवस्थापन र कक्षा १२ व्यवस्थापन अंग्रजीमा कक्षा ११ व्यवस्थापनले विजयी हासिल गर्यो । कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य प्रवेश पराजुली, अनेरास्ववियू केन्द्रीय सदस्य एवम जिल्ला कमिटी संयोजक मिलन खत्री, अनेरास्ववियू जिल्ला कमिटी कार्यालय सदस्य तथा इलाम नगर इन्चार्ज सचिनजंग रायामाझी, जिल्ला कार्यालय सदस्य दर्शन राई, जिल्ला सचिवालय सदस्य, जिल्ला सचिवालय सदस्य एवम् इलाम नगर संयोजक प्रतिमा रिजाल, जिल्ला कमिटी सचिवालय सदस्य एवम मरब क्याम्पस संयोजक विशाल कार्की, जिल्ला कमिटी सदस्य युगेश बराल, विद्यालयका प्रधानाध्यापक माधव सुवेदी, कार्यक्रमको निर्णायक माधव सुवेदी र सहायक निर्णायक प्रवेश श्रेष्ठ गायतको उपस्थिति भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य अस्मिता राईले गरिन भने कार्यक्रमको सञ्चालन कमिटीको सचिव मेरिना राईले गरेकी थिइन् ।


509 पटक हेरिएको 






