
इलाम।कोरोना भाईरस संक्रमण विरुद्घको खोप इलामका एकसय ४६ जनाले लगाएका छन । बुधबारबाट देश भरनै सुरु भएको खोप इलामका तीन केन्द्र बाट एक सय ४६ जनाले लगाएका हुन । जिल्लाको इलाम नगरपालिका ,सूर्योदय नगरपालिका र देउमाई नगरपालिका गरी तीन वटा खोप केन्द्रमा बुधबार खोप लगाइएको थियो ।
जसमा इलाम नगरपालिकाका ४६ महिला र ४२ पुरुष गरी ८९ जना, सूर्योदय नगरपालिकाका ११ जना महिला र १९ जना पुरुष गरी ३० जनामा र देउमाई नगरपालिकाका १४ महिला र १३ पुरुष गरी २७ जनाले खोप लकाएको स्वास्थ्य कार्यालय इलामका खोप सुपर भाईजर विष्णु वस्तिले जानकारी दिए ।
खोप लगाउनेमा स्वास्थ्यकर्र्मी, एम्बुलेन्स चालक र अस्पतालमा कार्यारत कर्मचारी रहेका छन । इलाममा खोपको शुभारम्भ स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दास र इलाम अस्पतालका मेडिकल सुपरिटेन्ड डा. प्रभु शाहाले खोप लगाएर शुभारम्भ गरेका थिए । यो खोप बुधबार सहित पाँच दिनसम्म लगाइने छ ।
जिल्लाका १७ सय जनालाई पहिलो चरणमा खोप लगाउने लक्ष रहेको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । यो खोप १८ मुनिका, गर्भवती महिला, रक्तश्रावको समस्या भएका, अन्य खोप लगाउँदा एलर्जी भएकाहरुलाई खोप नलगाउने स्वास्थ्य कार्यालयको भनाई छ ।


701 पटक हेरिएको 






