
इलाम । चिया उत्पादनको लागि सीप विकास परियोजनाअन्र्तगत इलामका पाँच स्थानमा सहायक चियाप्राविधिक तह १ तालिम सुरु भएको छ ।
युरोपियन युनियनको सहयोग, दक्षता टिभेट व्यावहारिक साझेदारीको आर्थिक सहयोग र ब्रिटिश काउन्सिलको व्यवस्थापनमा केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालद्वारा सञ्चालित १५ महिने गुणस्तरीय तीनमहिना सम्म सञ्चालन हुनेछ ।
यो तालिमले चियामा दक्ष प्राबिधिक उत्पादन गर्ने विश्वास गरिएको छ । परियोजनाका टोली नेता रविन राईकाअनुसार सूर्योदय नगरपालिकाको फिक्कल र कन्याम , माईजोगमाई गाउँपालिकाको नयाबजार र इलाम नगरपालिकाको नेपालटार र जसवीरेमा तालिम सुरु भएको हो । तालिममा सय जना प्रशिक्षार्थी रहेको टोली नेता राईले बताए ।
सूर्योदय नगरपालिकामा नगरप्रमुख रणबहादुर राई, माईजोगमाई गाउँपालिकामा माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले कार्यक्रमको उद्घाटन गरेका थिए । तालिम उदघाटन गर्दै सूर्योदयका नगरप्रमुख रणबहादुर राईले चिया क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता गरे । त्यसैगरी राईले तालिमबाट उत्पादित प्राविधिकलाई रोजगारी सिर्जना गर्न नगरपालिकाको तर्फबाट भूमिका निर्वाह गर्ने बताए ।

माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले तालिम सञ्चालनको सफलताको शुभकामना दिँदै े गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग र रोजगारी सिर्जनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्ने बताए । यसैगरी अन्य तालिमस्थलमा स्थानीय वडा प्रतिनिधि , सहकारी संस्थाका प्रतिनिधि, चिया तथा कफी विकास बोर्ड र सीटिभिइटीका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
तीन महिना सञ्चालन हुने तालिम प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदारा तयार गरिएको पाठ्यक्रममा आधारित हुने परियोनाका टोली नेता रबिन राईले बताए । तालिम समापनपश्चात प्रशिक्षार्थीहरुको राष्ट्रिय सीप परीक्षण समितिद्वारा सीप परिक्षणको परिक्षालिने र त्यस परीक्षामा उत्तीर्ण हुने प्रशिक्षार्थीहरुलाई सहायक चिया प्राविधिकको प्रमाण पत्र दिइने टोली नेता राईले बताए ।


480 पटक हेरिएको 






