इलाम । शेर्पा मल्टी ट्रेनिङ सेन्टर इलामले विद्यालयलाई एक थान कम्प्युटर सहयोग गरेको छ । इलाम नगरपालिका वडा न ६ स्थित सत्यनारायण आधारभुत विद्यालयलाई सेन्टरले बिहीबार कम्प्युटर सहयोग गरेको हो ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर सेन्टर र समाजसेवी गोपाल पौडेलको संयुक्त लगानीमा विद्यालयलाई सहयोग गरिएको बताइएको छ । विद्यार्थीले प्राविधिक शिक्षा पाउनबाट वञ्चित हुन नपरोस् भन्दै विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको सेन्टरका ब्यवस्थापक डिकेन्द्र दाहालले बताए ।
‘सुखी नेपाली समृद्ध नेपाल’ को अवधारणालाई नेपाल सरकारले अवलम्बन गरेको छ । यस्ता अवधारणालाई सफल बन्नमा थप सहयोग पुग्ने विश्वासका साथ हामीले पहिलो चरणमा इनपा – ६ को विद्यालय छनोट गरेका हौँ उनले भने ।
उनका अनुसार, आगामी वर्षहरुमा पनि नियमित रुपमा यस्ता सहयोग गर्ने सेन्टरको लक्ष्य छ । सहयोग सिमित मात्र नरहने, जिल्लाका अन्य पालिका र गाउँपालिकाका विद्यालयलाई समेत निरन्तर सहयोग प्रदान गरि रहने बताइएको छ ।सेन्टरमा प्रविधिसँग सम्बन्धित सम्पूर्ण सुविधा लिन पाइने व्यवस्था रहेको सेन्टरले जानकारी दिएको छ ।


597 पटक हेरिएको 






