
इलाम। जिल्ला व्याटमिन्टन संघ इलाम र कभर्ड हल व्यवस्थापन समितिको संयुक्त आयोजनामा सम्पन्न मेन्स डलब तर्फको प्रतियोगिताको फाइनल शनिबार सम्पन्न भएको छ ।
माघे सक्रान्तिको अवसरमा आयोजना गरिएको प्रतियोगिता समूह क खुल्ला र समूह ख तथा भेट्रान गरी तीन समूहमा खेलाइएको थियो । खुल्ला तर्फ थेवा तामाङ्ग र विदुर थापाले उपाधी हात पारेका छन् । राजन दाहाल र महेश श्रेष्ठलाई पछि पार्दै तामाङ्ग र थापाको जोडीले उपाधी हात पारेको हो । यसरीनै समूह ख तर्फको उपाधी ठाकूरनारायण श्रेष्ठ र हरिशचन्द्र इङ्नामले जितेका छन् । भीम राई र लेखराज राईलाई पछि पार्दै श्रेष्ठ र इङ्नामको जाडीले उपाधी हात पारेका हुन् ।

यसरीनै भेट्रान तर्फको उपाधी भने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईं र पूराना खेलाडी दर्शन भक्तराजले जितेका छन् । विजेता टीमलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नगद सात हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्रदान गरेका थिए । यसरीनै नगर प्रमुख बस्नेतले उपविजेता टीमलाई नगद पाँच हजार, ट्रफि र मेडल प्रदान गरेका थिए ।
जिल्ला ब्याटमिन्टन संघ इलामका अध्यक्ष सुवास चिपालको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा कर्भड हल व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ ढुङ्गाना, प्ररी निरीक्षक नबिन राईको समेत उपस्थिति रहेको थियो । कार्यक्रम ब्याटमिन्टन संघका कुसबहादुर थेबेले सञ्चालन गरेका थिए ।
खेलकुद नगरको प्राथमिकतामा

इलाममा आयोजित ब्याटमिन्टन प्रतियोगिताको पुरस्कार वितरण गर्दै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नगरले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
इलाम नगरपालिका वडा नं. ५ मा निर्माणाधिन कभर्डहलका लागि ४० लाख विनियोजन गरिएको र सम्पन्न नभए आगामी वर्ष सम्पन्न हुने गरेर बजेट विनियोजन गर्ने प्रमुख बस्नेतले बताए । यसरीनै इलाम बजारमै अर्को कर्भडहल निर्माण भइरहेको र विद्यार्थीहरुलाई खेलकुद तर्फ आकर्षित गर्नका लागि विद्यालयहरुलाई दिन १२ वटा टेबल टेनिस बोर्ड खरिद गरिएको पनि उनले बताए । माइखोला राजदुवाली नजिकै रङ्गशाला पनि निर्माणाधिन रहेको र निर्माणको लागि चालु आर्थिक वर्षमा एक करोड रकम विनियोजन गरिएको उनले बताए । ‘प्रतियोगिता आयोजना गर्नका लागि पनि हामीले बजेटको व्यवस्था गरेका छौं ।’ प्रमुख बस्नेतले भने, ‘प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगिता आयोजना गर्नका लागि एक लाख रुपैयाँ नगरपालिकाले दिनेछ ।’


676 पटक हेरिएको 






