जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको हो ःअर्थमन्त्री पौडेल

देश प्रतिनिधि सभाको निर्वाचनमा जान्छ

  सरलपाटी सम्वाददाता

 353 पटक हेरिएको

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए ।शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले देश प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरे ।

देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा निर्णयकर्ता जनता हुने भन्दै उनले जनता सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए ।

नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको उनको भनाइ छ । यो विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने पनि मन्त्री पौडेलले बताए ।

यस्तै मन्त्री पौडेलले सरकारले कोभिड १९ विरुद्दको भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको पनि पौड्यालको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार