इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा पूर्वउद्योग मन्त्री महेश बस्नेतले साविक एमालेको सम्पत्तिमा दावी नगर्न प्रचण्ड माधव समूहलाई सचेत गराएका छन् । साविक नेकपा एमालेले जोडेको सम्पत्ति नेकपी ओलीले नेतृत्व गरेको नेकपाको भएको र साविक माओवादी केन्द्रको सम्पत्तिमा दावी नगर्ने बताएका हुन् ।
नेकपा ओली समूहले इलाम सदरमुकाममा आयोजना गरेको जनसंगठन, पेशागत तथा सामुदायिक संगठनको जिल्ला भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । प्रचण्ड–माधव समूहमा लागेका साविक एमालेका नेताप्रति लक्षित गर्दै बस्नेतले भने, ‘केटाकेटीको चित्त बुझेपछि विहे हुन्छ, विहे गरेर जानेलाई चित्त बुझे दाइजो दिउँला हाम्रो थर,गोत्र दिन सक्दैनौ ।’
उनले सूर्य चिन्ह ओली नेतृत्वको नेकपाको हुने दावी गरे । नेता बस्नेतले प्रचण्ड माधव समूहले आफ्नो पक्षमा कार्यकर्ताको शिला खोज्नुपरेपछि निर्वाचन रोक्न लागेको बताए । ‘निर्वाचनको प्रक्रिया किन रोक्नुप¥यो ?’, उनले प्रश्न गर्दै थपे,‘कार्यकर्ताको शिला खोज्नुपर्ने भएपछि उहाँहरु निर्वाचन रोक्नतिर लाग्नुभएको छ ।’ उनले मावध–प्रचण्ड निर्वाचनमा नगएपनि निर्वाचन हुने दावी गरे । नेता बस्नेतले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई आराम गरेर बस्न सुझाव दिए ।
खनालको गृहजिल्लामा भएको कार्यक्रमलाई सम्बोध गर्दै नेता बस्नेतले भने ‘इलाम इतिहासले नेता र भावनाले कार्यकर्ता जन्माएको जिल्ला हो’, उनले थपे,‘पार्टी विभाजनपछि इतिहास टुटेको नेतालाई भावना मरेका कार्यकर्ताले साथ दिन सक्दैनन्, त्यसैले खनाललाई अब बिश्राम दिने हो ।’
नेता बस्नेतले प्रचण्ड माधवले पार्टीमा अस्वभाविक भूमीका खोजेकाले पार्टीमा समस्या आएको बताए । ‘प्रचण्ड माधवलाई भूमीका दिन केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष डानुपर्नेपर्ने, झलनाथ खनाललाई भूमीका दिन विद्यादेवी भण्डारीले राष्टूपति छाड्पर्ने हुँनसक्दैन’, नेता बस्नेतले भने‘पार्टी अध्यक्ष चाहिएको भए महाधिवेशनबाट हुन र प्रधानमन्त्री चाहिएको भए आम निर्वाचनबाट हुन भनेर ओलीले भन्नु भएकै थियो ।’ नेताहरुको आफ्नो बाँकी जीवनको चिन्ताका कारण पार्टीमा समस्या आएको बताए ।

नेता बस्नेतले आफ्नो मानसम्मान खोज्ने माधव नेपाललाई आफ्ना कार्यकर्तामाथि भएको अपनामाको कुरा कहिले गर्नुभयो भनेर प्रश्न गरेका छन् । बस्नेतले सडकमा अराजक तत्व सल्बलाउन थालेको भन्दै त्यसको प्रतिकार र प्रतिरोध गर्नका लागि कार्यकर्तालाई आह्वान गरे । ‘हामीले सडक खाली छाड्नु परेकाले सडकमा अराजक तत्व सल्बनाउन थालेका छन्, हामीले सडक छाड्नु हुन्न ।’
प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले राजानीति सामाजिक सम्बन्ध भएकाले त्यसको ख्याल गर्न आह्वान गरेका छन् । उनले तोकिएको मितिमा चुनाव सम्पन्न नभए अर्को मितिमा भएपनि निर्वाचन हुने बताए । ‘संसद पुनःस्थापना भएपनि पाँच वर्षमा चुनाव हुन्छ, परिस्थिति अलि फरक भएकाले डेढ वर्षअघि चुनाव हुन लागेको हो ।’ उनले चुनावको तयारीमा जुट्न आग्रह गरे ।
नेकपा इलाम जिल्ला कमिटी अध्यक्ष एवम् भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम रानाले इलाममा ८० र २० को अवस्था रहेको भन्दै कार्यकर्तालाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् । उनले ‘इलामका जनप्रतिनिधिको कुरा गर्ने हो भने चारवटा नगरपालिकामध्ये तीन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि हाम्रो मूलधारमा रहेको बताउँदै रानाले भने करिब २० प्रतिशत प्रचण्ड–नेपाल समूहमा पूरा रेहका छन् ।’ उनले भने, ‘सरकार विरुद्ध अन्दोलन गर्ने क्रममा केही २०÷ ३० जना साथीहरू पुल्ठे जुलुस लगाउँदै हिनेका व्यक्ति को रहेछन् भनेको त नाली खन्ने साथीहरूलाई पो ल्याएका रहेछन्’, रानाले भने, ‘त्यसकारण जनआधार कस्तो छ भन्ने प्रमाणित भै सकेको छ ।’

नेकपाका केन्द्रीय सदस्य एवम् अखिल नेपाल राष्टिूय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)का केन्द्रीय नेता रश्मि आचार्यले प्रचण्डको ‘आरोपपत्र’नै पार्टी विभाजनको प्रमुख समस्या रहेको बताए । उनले आरोप पत्र नै पार्टीलाई विग्रह ल्याउने साधन भएको आरोप लगाए । उनले वर्तमान प्रधानमन्त्री ओलीकै कारण संविधान बनाएको बताए । ‘भारतले पटकपटक भेट्न खोज्दा पनि उहाँले (केपी ओली) ले तोकिएकै मितिमा (असोज ३०) मा नै संविधान जारी गर्ने बताए’ पाण्डेले भने,‘अन्य नेताहरूले भारतको कुरा सुन्न थाले तर ओलीले अडान राख्दा संविधान बन्यो ।’


450 पटक हेरिएको 






