एउटै पार्टीमा समाहित हुन मन्त्री रानाको आग्रह

झलनाथको क्षेत्रमा ओली सर्मथकको भेला

  सरलपाटी सम्वाददाता

 502 पटक हेरिएको

  माई /इलाम  नेपाल कम्युनिष्ट पार्टी नेकपा इलामका अध्यक्ष तथा प्रदेश नम्बर १ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले सबै कम्युनिष्ट एक हुन आग्रह गरेका छन् ।
नेकपा माई नगर कमिटी इलामले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रानाले आर्थिक विकास, सुखी समृद्ध  र सामाजिक सुरक्षा सहितको  नेपाल निर्माण गर्न कम्युनिष्ट पार्टी बनाउन केपी शर्मा ओलीको पक्षमा रहन सबै कार्यकर्ताहरुलाई आग्रह गरे । मन्त्री रानाले प्रचन्ड–नेपाल समुह ब्याक्तिबादी स्वार्थ, भष्ट्राचार, कुशासन र अनियमितताको पक्षमा लागेकाले जनताले दुःख पाउने धारणा राखे । मन्त्री रानाले  पार्टी कमिटी, स्थानीय, प्रदेश र संघीय सरकारको नजीक रहेर काम गर्न कार्यकर्तालाई सुझाव दिए ।
अर्का बक्ता नेकपा केन्द्रीय सदस्य  प्रेम गिरीले स्थायी शान्ति, स्थानीय तह मजबुत, सन्तुलित सम्बन्ध, मजबुत अर्थतन्त्र, सुशासन तथा विकास र सबृद्धिको बाटोमा सरकार लाग्दा घेराबन्दी गरिएकाे दाबी गरे । प्रदेश स‌ासद काजीमान कागतेले घेराबन्दीमा परेको सरकारले जनतामा जाने निर्णय गर्नु सही भएकाे बताए ।
माइका कार्यकर्ताको बाक्लाे  सहभागिता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा नेकपा केन्द्रीय सदस्य गणेश बरालले जनतालाई सम्बृद्धि र सुखी राख्न  पार्टी एकता गरिएको भए पनि सरकारलाई बारम्बार असहयोग भएकाले सरकार निर्वाचनमा जान बाध्य भएको बताए । बरालले माईका जनप्रतिनिधि र पार्टी कमिटी असल नेतृत्वको पक्षमा रहेकोमा आगामी निर्वाचनमा पनि सकारात्मक परिणाम अाउने दाबी गरेका छन । जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव नबराज शंकरले केही नेताको पेशानै पार्टी फुटाउने रहेको भन्दै कुहिएको आलुलाई बोराबाट निकाल्नु उत्तम हुने धारणा राखे ।
कार्यक्रमको अध्यक्षता गरेका माईका नगरपालिकाका प्रमुख दिपक कुमार थेबेले रानो महुरी जता गए पनि घर नछोड्ने बताए । केही महुरी केही ज्यामी मौरी सहित घार छोडेर हिँडेकाले चाडै घारमा फर्कने दाबी गरे । नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका थेबेले ७२ प्रतिशत ऐलानी जग्गामा आगामी जेठ सम्ममा धनिपुर्जा प्रदान गर्ने तयारी भइरहेकाेले सबै माइबासीलाईआग्रह गरे । माई नगरपालिकामा बाटो बिद्युत खानेपानीका जस्ता विकासका काम तीब्र भइरहेकाे थेबेले बताए  ।
जिल्ला कमिटी सदस्य तथा माई नगरपालिकाका उपप्रमुख  बिष्णुमाया आचार्य, जिल्ला कमिटी सदस्य रत्नबहादुर अधिकारी, नगर खेलकुद समितिका अध्यक्ष अनिल तामाङ, युवा संघ नेपाल माइका अध्यक्ष कुमार लिम्बु, नेकपा माईका सचिव हेमबहादुर लायो मगर लगायतले मन्तब्य राखेको कार्यक्रमको सञ्चालन नेकपाका मेघनाथ गिरीले गरेका थिए । अगुवा कार्यकर्ता भेलामा माईका टोल टोलबाट  सहभागी भएकाे जनाएइएकाे ५ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार