काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखमा घोषित चुनाव नरोकिने बताए । काठमाण्डौमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) को आफू निकटको भेलामा प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा संसद् पुनर्स्थापना हुन नसक्ने र चुनाव भएरै छाड्ने दाबी गरेका हुन् ।
कतिपयले चुनाव हुँदैन भनेर भ्रम फैलाइरहेको भन्दै उनले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरे। प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने बताए।
यस अघि गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी हुन् । संसद् विघटन पनि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ ।


366 पटक हेरिएको 






