प्रदेश १ मा ९५ जना डिस्चार्ज

३१ संक्रमित थपिए

  सरलपाटी सम्वाददाता

 291 पटक हेरिएको

इलाम । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या२८ हजार ५२५ पुगेको छ । प्रदेश १ माआज ३१ जना कोरोना संक्रमितथपिएका छन् ।

मोरंगमा १६, सुनसरीमा ८, झापामा ६ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २, सुनसरीको इटहरीमा ४ रहेका छन् । यस्तै धरानमा २, रामधुनी र हरिनगरमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमलगाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म संक्रमतिको संख्या२९ हजार ८४३पुगेको छ । प्रदेश १ माआज ३२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ८ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ९ हजार २३९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार