काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले पानी जहाज र रेलको कुरा गरेर केपी शर्मा ओलीले नागरिकलाई झुक्याएको आरोप लगाए।
संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाण्डौंमा गरेको आमसभामा उनले कहिले पानी जहाजको कुरा त कहिले घर–घरमा पाइपबाट ग्यास ल्याउने कुरा गरेर नागरिकलाई झुक्याएको बताए। यस्तै उनले ३ वर्षसम्मको अवधिलाई ओलीले उखान र टुक्कामै बिताएको आरोप समेत लगाए ।
आफूहरुले काम गर्न कुनै अवरोध नगर्दा समेत केही कामै नगरि ३ वर्षको समयलाई अर्थहिन बनाएर जनमतको अपमान गरेको उनको भनाई छ । यस्तै आम नागरिकले जनमत केपी ओलीलाई नभएर नेकपा पार्टीलाई दिएको समेत उल्लेख गरे।
रानीपोखरी, धरहरा लगायत संरचना प्रधानमन्त्री ओलीको पालामा भएको भए पनि यो निर्माणमा उनको भूमिका खासै नरहेको उनले स्पष्ट पारे। यस्तै उनले बालुवाटार पुगेकै दिनदेखि ओलीले पार्टी बिर्सिएको आरोप लगाउँदै अब चुप लागेर बस्न नहुने बताए ।


278 पटक हेरिएको 






