प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
प्रदेश सांसद राजेन्द्र राईले दिएको जानकारी अनुसार नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
उनीहरूले नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन्।
राईविरूद्ध झन्डै ४० जना प्रदेश सांसदले हस्ताक्षर गरेको प्रचण्ड-नेपाल पक्षीय एक नेताले जानकारी दिए।
यसअघि राईको मन्त्रीमण्डलमा रहेका एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका थिए।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार राजीनामा दिएका हुन्।
यस्तै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको प्रदेश नम्बर १ का नेकपा सचिव सुरेश राईले सेतोपाटीलाई बताए।
शनिबार मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई गरेका थिए। आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको आरोपमा उनले मन्त्री आङ्बोलाई हटाएको बताएका थिए।
केन्द्रमा नेकपामा विवाद देखिएपछि प्रदेशहरूमा पनि मतभेद देखिएको छ। सेताेपाटीबाट


551 पटक हेरिएको 






