स्थानीय तहमा राष्ट्रिय सञ्जाल गठन

राष्ट्रिय सञ्जाल

  सरलपाटी सम्वाददाता

 323 पटक हेरिएको

इलाम । सूचनाको हक बारेमा सुसुचित गराउन आज इलाममा स्थानीय तहस्तरीयमा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन गरिएको छ ।

स्थानीय तह र सरोकारवालासँग सूचना बारेमा नागरिकलाई जानकारी दिनका लागि सञ्जाल गठन गरिएको हो । इलामका १० स्थानीय तहमा गठन गरिएको सञ्जालमा इलाम नगरपालिकामा प्रकाश नेपाल, सूर्योदय नगरपालिकामा प्रेम अधिकारी, माई नगरपालिकामा नमीन ढकाल, देउमाई नगरपालिकामा याम माबोहाङ संयोजकमा छनौट भएका छन् ।

यस्तै, गाउँपालिकामध्ये सन्दपुरमा दिनेश सुवेदी, माईजोगमाईमा नरेन इलामेली, रोङमा गणेश अर्याल, माङसेबुङमा सुमन लावती, फाकफोकथुममा युद्धप्रसाद वोहोरा र चुलाचुलीमा निशेष राई चयन भएका हुन्।

स्थानीय तहस्तरमा सञ्जाल गठन पछि स्थानीय सरकारलाई सूचनाका हकसम्बन्धी जवाफेदही बनाउन कार्यक्रम गरिने सञ्जालका जिल्ला संयोजक रमेश पराजुलीले जानकारी दिए।

कतिपय ठाउँमा समन्वयकारी भूमिका नहुँदा सूचना पाउन नसकिने अवस्था आएको भन्दै त्यस क्षेत्रमा सञ्जालले खबरदारी गर्ने संयोजक पराजुलीको भनाइ छ । आउँदो पुष अन्त्यतिर जिल्लास्तरमा सूचनाको हकसम्बन्धी कार्यक्रम गर्ने समेत सञ्जालको तयारी छ ।

जिल्लाका सरोकारवाला निकायको बारेमा जानकारी लिँदै थप सचेतनाका कार्यक्रम ल्याउन सञ्जालको भूमिका रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार