संसद् विघटन गर्ने निर्णय संविधान र पार्टी विरोध कदम- झलनाथ खनाल

राजनीतिक र संवैधानिक अधिकार प्रयोग गरेर विरोध गर्ने

 545 पटक हेरिएको

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारको संसद् विघटन गर्ने निर्णयलाई संविधान र पार्टी विरोध कदम भएको बताएका छन्।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गर्ने सिफारिस गरेपछि नेता खनालले  राजनीतिक र संवैधानिक अधिकार प्रयोग गरेर विरोध गर्ने बताएका छन्।

प्रधानमन्त्री केपी ओलीको कदम देश, संविधान र पार्टी विरोध कदम भएकोले सिंगो पार्टी ती कदमको डटेर लड्ने उनले बताए । आज बस्ने स्थायी कमिटि बैठकले आवश्यक निर्णय गर्ने नेता खनालले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार