न्युन आय भएकालाई व्यवसायिक बन्न सुङ्गुरको भुनी वितरण

३० घरधुरी लाभान्वित

  सरलपाटी सम्वाददाता

 541 पटक हेरिएको

इलाम । न्युन आय भएकालाई इलाम नगरपालिकाले ब्यवसायिक बन्न सुङ्गुरको भुनी वितरण गरेको छ । व्यवसायिक बन्न हौसला मिलोस् भन्दै पालिकाको वडा नम्बर – ७ का ३० घरधुरीलाई निःशुल्क रुपमा भुनी वितरण गरिएको हो ।

व्यवसायिक आय आर्जनमा टेवा पु¥याउने हेतुले वडा नम्बर ७ का विपन्न घरधुरीलाई सुङ्गुरको भुनी वितरण गरेको ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

वडाकार्यलयको आर्थिक तथा प्राविधिक सहयोगमा आदर्श बहुउद्देश्यीय सहकारी संस्था इलामले भुनी वितरण गरेको श्रेष्ठले बताए ।

सहकारीले सुङ्गुरको भुनीलाई बिउपुजीँका रुपमा प्रयोग गर्नु पर्ने मापदण्ड राखेको छ । एक बर्षसम्म सुङ्गुर उपचार तथा स्याहारको लागि सहकारीले १० हजार रुपैँयाको कोष समेत स्थापना गरेको सहकारीका अध्यक्ष महेश श्रेष्ठको भनाई छ ।

उनले भने , ‘वितरण गरिएको भुनीबाट सुङ्गुरको बुच्चा उत्पादन गर्ने । निःशुल्क रुपमा पाएका भुनी परिवारले ठूलो बनाएर सुङ्गुर बेच्न नपाउने वितरकको नियम छ । भुनी पाउने परिवारले ब्यवसायिक रुपमा सुङ्गुर पाले नपालेको निरन्तर अनुगमन गरिनेछ ।

भुनी वितरण कार्यक्रममा इलाम नगरपालिका कार्यपालिका सदस्य इन्दिरा पौडेल, वडा सदस्य सञ्जिव राई, वडा सदस्य बसन्ती घतानी, पुर्व उपमेयर कृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार