ओली सरकार इतिहासकै भ्रष्ट सरकार हो – नेता खतिवडा

विरोध कार्यक्रम

  सरलपाटी सम्वाददाता

 465 पटक हेरिएको

इलाम । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाए । इलाममा आज आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता खतिवडाले ओली सरकार इतिहासकै भ्रष्ट भएको दाबि गरे ।

प्रतिपक्षी दलमा रहेपनि कांग्रेसले कुनै काममा सरकारको विरोध नगरेको भन्दै चर्को आलोचना भएको थियो । तर, सोमबार कांग्रेसले गरेको प्रदर्शनमा भने सरकार र सत्ताधारी दलमाथि चर्को आचोलना ग¥यो । विरोध ¥यालीलाई सम्बोधन गर्न इलाम आएका कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र वर्तमान प्रधानमन्त्रीको राष्ट्रबादको चर्को कटाक्ष गरे ।

कुनै बेला नेपालमा मधेश आन्दोलन चर्कदा र नाकाबन्दीका बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको राष्ट्रवादी आफू भएको बताएका थिए । त्यही राष्ट्रवादको विचारलाई केन्द्रीय सदस्य खतिवडाले घुमाउरो तवरमा उत्तर दिए । उनले नेपाली कांग्रेस राष्ट्रबादी भएको चित्रण भने केही फरक परिभाषामा गरे ।

हामी कांग्रेसहरू नेपाली पुत्र बिपी कोइरालाको तस्बिरमा फूल चढाएर कार्यक्रम चलाउने गर्छौे तर कम्युनिस्टहरूले विदेशी मार्क, लेनिनलाई पुकार्ने गरेका छन्’ खतिवडाले विगतमा भएका राजनीतिक परिवर्तनलाई पनि आफ्नो पार्टीको देन रहेको बताए । कम्युनिस्ट पार्टीले चार बर्षमा नदिएको संविधान कांग्रेसले दुई बर्षमा दिएको बताए ।

त्यति मात्र होइन, खतिवडाले नेकपा सचिवालयका पात्रमाथि पनि प्रश्न उठाए । नेकपामा एकै जातका व्यक्तिको वर्चस्व रहेको सचिवालय रहेको भन्दै महिला, मेधषी र दलितको सहभागिता नरहेको प्रष्ट्याए । ‘नेकपाका नौ सचिवालय सदस्यमध्ये सात जना एउटै (बाहुन) समुदायका छन् ।’ खतिवडाले भने,‘सचिवालयमा खोइ दलितको सहभागिता ? खोइ मेधशीको सहभागिता ?’ खतिवडाले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले हालै सार्वजनिक गरेको भष्ट्रचारको कुरा निकाल्दै प्रधानमन्त्रीले त्यो भष्टाचारको तथ्यांक नमान्नु हाँस्यस्पद रहेको बताए ।

उनले प्रधानमन्त्री ओलीलाई मात्र होइन, वर्तमान अर्थमन्त्री विष्णु पौडेल र पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको बारेमा बोल्दै सरकार भष्टाचारको पक्षमा वकालत गर्न थालेको सम्म भन्न भ्याए । उनले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुशन्धान आयोगले कांग्रेसका नेतालाई समात्ने र नेकपाका नेतालाई नछुने गरेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस इलामका पूर्व जिल्ला सभापति केशव थापाले समेत वर्तमान सरकार भष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । उनले त जिल्ला तहदेखि सरकारको विरोध कार्यक्रम ल्याउन सुरुदेखि भनिए पनि सरकारलाई सुध्रिने मौका दिँदै लामो समय सडकमा ननिस्कएको बताए । पूर्वसभापति थापाले वर्तमान सरकारले अतिबाट चार गरेपछि सडकमा आउनु परेको बताए । यस्तै, महासमिति सदस्य विष्णु दाहालले त महिलाको एजेण्डा बारे बोल्दै सरकार आफैले वलात्कारका पीडक लुकाउने गरेको तर्क गरिन् ।

सरकारको विरोध कार्यक्रममा झलनाथलाई झटारो

कार्यक्रमको सुरुमै नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष विष्णु कार्कीले घुमाउरो भाषामा नेकपा वरिष्ठ नेता झलनाथ खनाललाई झटारो हान्न भ्याए । उनले खनालको गृह क्षेत्र साखेजुङका बारेमा कुरा निकाल्दै व्यंग्य प्रहार गरे ।‘ साँखेजुङका एक जना व्यक्तिले अनुदान पारेछन् । त्यो अनुदान गाई पाल्न, बाख्रा पाल्न वा उद्यम गर्न थिएन ।’उनले भने, ‘त्यो अनुदान त सर्प पाल्नका लागि थियो ।’ कार्यक्रममा जिल्ला तहका नेता नगेन्द्र कुमाल, डम्बर खड्का लगायतले बोलेका थिए ।

कार्यक्रमको पूवार्धमा इलाम सदरमुकामको ठूलो टुँडिखेलबाट विरोध ¥याली निकालिएको थियो । ¥यालीमा ‘भ्रष्ट ओली मुर्दावाद,सर्वसत्तावादी ओली मुर्दावाद’,‘ओली तिम्रो पाराले, दुःख पाए साराले’,‘बढ्यो महिला हिंसा र बलात्कार, आक्रमण भो ओली सरकार’लगायतका नारा भएका प्ले कार्ड बोकेर कांग्रेसका नेता र कार्यकर्ताले सरकारको विरोध गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार