‘मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा ’ – मुख्यमन्त्री राई

मुख्यमन्त्री शेरधन राई

  सरलपाटी सम्वाददाता

 922 पटक हेरिएको

इलाम । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए ।

माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्छ भने । उनले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रहेका उल्लेख गर्दै अब हत्या र हिंसाका घटना नदोहोरिने बताए ।

सो गाउँपालिकाको रु १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त रकम गरी रु ५० लाख भन्दा वढीको लागतमा शालिक निर्माण गरिएको जनाइएको छ । प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए ।

माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्छ भने। उनले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रहेका उल्लेख गर्दै अब हत्या र हिंसाका घटना नदोहोरिने बताए ।

सो गाउँपालिकाको रु १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त रकम गरी रु ५० लाख भन्दा बढीको लागतमा शालिक निर्माण गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार