घरमै पुगेर कोरोना संक्रमित विरामीलाई आयुर्वेदिक औषधी वितरण गर्दे वडाध्यक्ष

रोगको प्रतिरोधात्मक क्षमता बढाउन

  भगीरथ भण्डारी

 496 पटक हेरिएको

इलाम- इलाम नगरपालिका वडा नं. –७ ले निःशुल्क कोरोना संक्रमण रोग प्रतिरोधात्मक क्षमता बढाउने आयर्वेदिक औषधी वितरण गरेको छ । वडामा संक्रमण पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका वडावासीलाई र यस वडा भित्र रहेका विभिन्न कार्यालयमा कार्यारत कर्मचारीमा आयर्वेदिक औषधी वितरण गरेको हो । वडा अध्यक्ष सहित कोभिड १९ नियन्त्रण तथा अनुगमन समिति विरामीको घरमा पुगेर प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण र विरामीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन । कोरोना संक्रमण मात्र नभएर विभिन्न अन्य रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधी चिकित्सकको सल्लाहमा वितरण गरिएको वडाध्यक्ष नरेश श्रेष्ठले बताए ।


उनले भने ‘होम आइसोलेसनमा बसेका विरामिको अवस्था बुझ्न घरघर पुगेर चिकित्सकको टोलीसहित औषधि वितरण गरेका छौँ ।’
कोरोनाको कुनै पनि औषधी पत्ता लगाउन नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधिको रुपमा चिकित्सकसँगको सल्लाह बमोजिम मात्रै आयुर्वेदिक औषधि पनि वितरण र गरिएको श्रेष्ठ बताउँछन । औषधि वितरण सँगै विरामीको अवस्था बुझ्ने, उनीहरुको खानपानमा परिवारलाई सचेत गराउँदै सरसफाइमा ध्यान दिन अनुरोध गरिएको छ । हालसम्म वडाका ३७ जना संक्रमित रहेका मध्ये २२ जनालाई वितरण गरेको र बाँकी सबैलाई वितरण गर्ने वडाध्यक्ष बताउँछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार