इलाम । इलाममा प्रसिद्घ कलाकार तथा नेपालका राष्ट्रिय विभूति अरनिको शालिक अनावरण गरिएको छ । इलाम नगरपालिका ७ मा रहेको अरनिको संग्रलायको प्राङ्गणमा निर्माण गरिएको शालिक अनावरण गरिएको हो । शालिक अनावरण गर्दे इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले हाम्रा विभुतिहरु राष्ट्रनिर्माणको क्रममा महत्वपूर्ण आधार रहेको हुँदा उनीहरुलाई सम्मान नगरे राष्ट्र कमजोर बन्ने र राष्ट्रको एकता संकटमा पनि पर्न सक्ने बताए ।
‘अरनिकोले राष्ट्रमा मात्र होईन राष्ट्रको गरिमालाई उपल्लो दर्जामा पुर्याउनका लागि पनि अरनिको प्रेरणाको स्रोत बनेको बस्नेतको भनाई छ ।’ उनले थप नेपाल र चिनको सम्बन्ध अहिले पनि ती सम्बन्ध हाम्रा लागि अत्यन्त महत्वपूर्ण रहेको र त्यहि कारण इनपाले शालिक निर्माण गरेको बताए ।’
इलाममा अरनिको संग्राहालय पनि सञ्चालनमा आईसकेको छ । इलाम नगरपालिका साहित्य संगित कला प्रतिस्ठानकी अध्यक्ष टिका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै इलाम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठले सुन्दर बनाउने अभियानमा वडामा कला सँस्कृति झल्काउने उद्देश्यले शालिक निमार्ण गरेको र यसले पर्यटक आकर्षण गर्ने बताए ।
को हुन अरनिको ?
अरनिको प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् । राजा अनन्त मल्लकै पालामा १३ औं शताब्दीमा चीन पुगेका उनले नेपाली शैलीको कलाशिल्पी फैलाएको मानिन्छ । उनले निर्माण गरेको स्वेत चैत्य चीनको बेइजिङमा अहिले पनि पर्यटकको आकर्षणको रूपमा रहेको छ ।
अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए । उनले तिब्बत र चीनमा सुनको जलप भएका अनेकौँ रंगले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काममा अत्यन्त कुशलतापूर्वक हात हालेर सुन र पारोटको रासायनिक गुणको ज्ञान र तथ्यतालाई प्रमाणित गरेर गएको देखिन्छ । यिनले चीनमा प्यागोडा शैलीमा भव्य श्वेत प्यागोडाको निर्माण गरेका थिए ।
युरोपतिर औद्योगिक क्रान्ति हुनु भन्दा अगावै करिब ७०० वर्ष अगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए । उनको वास्तविक् नाम बलबाहु भएपनि अरनिको नामले विश्व प्रसिद्ध भए । अरनिको कलाकार मात्रै थिएनन् उनी मूर्तिकार र वैज्ञानिक पनि थिए ।