नेपाल विद्यार्थी संघद्धारा इलाममा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन

पुत्ला दहन

  सरलपाटी सम्वाददाता

 434 पटक हेरिएको

इलाम । नेपाल बिद्यार्थी संघ इलामले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा बादलको इलाममा पुत्ला दहन गरेको छ । अनेकन बहानामा जनतालाई दुख दिएको भन्दै उनीहरुको इलाम चोक बजारमा संघले बिहीबार पुत्ला दहन गरेको हो ।

बुधबार (हिजो) नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तनहुमा नियन्त्रणमा लिएको थियो । यसैको बिरोधमा उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले हालको सरकार निरङ्ककुश भएको र प्रहरीलाई आफु अनुकुल परिचालन गरेको आरोप लगाएका छन् ।

पुत्ला दहनसँगसँगै उनीहरुले प्रधानमन्त्री ओली र गृहमन्त्री थापा बिरुद्ध चर्का नारा समेत लगाएका थिए । कार्यक्रममा संवोधन गर्दै, नेवि संघ इलामका अध्यक्ष प्रकाश भट्टराईले हालका सरकारले भ्रष्टाचारीलाई आश्रय दिएको, बलत्कारीलाई कारबाही नगरेको बताए । नारामा नेकपा प्रहरी मुर्दा बाद समेत भनिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार