श्रीमानको पोजेटिभ, श्रीमान श्रीमती दुवैको मृत्यु

कोरोना कहर

  सरलपाटी संवाददाता

 542 पटक हेरिएको

इलाम – इलाममा २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका ४ का श्रीमान श्रीमतीको मृत्य भएको हो । १५ गते श्रीमतीको मृत्यू भएको हो भने १६ गते राती श्रीमानको मृत्युभएको बताईएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरको नोवेल अस्पतालमा उपचार गराईरहेका पुरुषको मंसिर ८ गते भ्यान्टिलेटरमा राखिएको थियो । उनको ८ गते नै श्वाव संकलनको रिपोट पोजेटिभ देखिएको थियो ।

मंसिर १३ भ्याटिलेटरबाट निकालिए पनि १५ गते श्वास प्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतिलाई सुनायो । अस्पतालबाट आफ्ना श्रीमानको खबर सुनेपछि मलाई अफ्ठेरो भयोभनेर भनिन र श्रीमतिलाई पनि उपचारका लागि अस्पताल लगिएको र अस्पताल पुर्याई सक्दा उनको मृत्यु भएको नेकपाका फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले जानकारी दिए ।

उपचारत पूरुषको पहिले कोरोना संक्रमण पोजेटिभ थियो गत १५ गते पुन गरिएको श्वाव परक्षणको रिपोट आईनसकेको स्वास्थ्य कार्यालय इलामका फोकलपर्सन विमल बरालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार