स्वास्थ्य मापदण्ड पालना गर्न अटेर गर्नेलाई ऐन अनुसार कार्वाही

महामारीबाट बच्न स्वास्थ्य मापदण्ड अपनाऊ

  सरलपाटी सम्वाददाता

 505 पटक हेरिएको

इलाम । इलाममा कोरोना भाईरस संक्रमण फैलिएपछि इलाम नगरपालिकाले सुरक्षित र स्वस्थ रहनका लागि तोकिएको मापदण्ड पालना नगर्नेलाई कार्वाही गर्ने जनाएको छ ।

इलाम नगरपालिकामा सर्वसाधारणलाई संक्रमण पोजेटिभ देखिन थालेको हुँदा पालिकाको आग्रहलाई अटेर गरे प्रचलित संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कार्वाही हुने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत राम शाहाले बताए ।

पालिकाले संक्रमणको लक्षण देखिएका व्यक्तिले स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्वास्थ्य कार्यलय र इलाम अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ । त्यस्तै श्वाब संकलन गरेका व्यक्ति रिर्पोट नआएसम्म होम आईसोलेसनमा बस्ता नियम पालना गरेर बस्नु पर्ने र पालना गर्नु पर्ने नियम थाहा नभए वडामा सम्पर्क गर्न पालिकाले आग्रह गरेको छ ।

रोग नियन्त्रण ऐन २०२० अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा एक सय रुपैयाँ जरिबाना अथवा दुवै सजाय हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार