
इलाम । इलामको इलाम नगरपालिका वडानम्बर ४ मा स्वास्थ्य सेवा केन्द्रको उद्धघाटन गरिएको छ । करिब ९८ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न सो केन्द्रको आइतबार उद्धघाटन गरिएको हो ।
वडानम्बर ४ का वडाध्यक्ष नुतनदेव दुलालको अध्यक्षतामा भएको एक कार्यक्रममा पालिका प्रमुख महेश बस्नेतले केन्द्रको उद्धघाटन गरेको वडाकार्यलयले जानकारी दिएको छ ।
स्थायी बासिन्दा तथा समाजसेवी एक दम्पती पारसमणी र तील रुपा दुलालले निःशुल्क दिएको ४ रोपनी जग्गामा केन्द्रको स्थापना भएको हो । जग्गादाता दुलाल दम्पत्तीलाई सोही कार्यक्रममा सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको वडानम्बर ५ का वडाध्यक्ष तथा पालिका प्रवक्ता ठाकुर नारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, इलाम नगरपालिका इलामका स्वास्थ्य शाखा प्रमुख रमन्ता गुरागाईले सञ्चालन गरेको कार्यक्रममा निर्माण सहयोगी सस्था करुणा फाउण्डेसन इलामका व्यवस्थापक अजित योञ्जन, कार्यपालिका सदस्य सीतादेवी रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उद्धघाटन कार्यक्रममा पालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न राजनितीक दलका प्रतिनिधिहरु, स्वास्थ्य स्वयमसेविकाहरु, स्थानियबासी लगायतको सहभागीता रहेको थियो ।


452 पटक हेरिएको 






