धार्मिक तथा पर्यटकीय क्षेत्र पाटे नागीमा सडक पुग्दै

सुन्दर इलामको पर्यटकीय गन्तव्य

  भगीरथ भण्डारी

 583 पटक हेरिएको

इलाम-   इलाम नगरपालिका ३ पुवामझुवा स्थित पाटेनागी पुग्ने सडको धमाधम काम भईरहेको छ । नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडा मार्फत सडक खन्ने काम भईरहेको हो । इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले यहि महिना भित्र सडक पुर्याउनको लागि बल गरिरहेको र देउराली सम्म सडक पुर्याउने बताएका छन । उनले भने ‘सडक पुगे सँगै अन्य पूर्वाधार खानेपानी विजुली पर्याउने र त्यहाँ भएको स्रोत व्यवस्थापन गर्न जग्गालिजमा उपलब्ध गराउने र त्यसलाई एउटा सुन्दर इलामको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको छ ।’
इलाम नगरपालिकाको बागखोर देखि पाटेनागी नजिकैको विव्ल्याटे सम्म पुर्याउने लक्षका साथ काम भईरहेको वडा नम्बर तीनका वडाध्यक्ष तिर्थ गुरुङले बताए । पर्यटकीय क्षेत्र भएको र यहाँ पुग्नका लागि हिँडेर जानु पर्ने भएको कारण पनि सडक पुर्याउनै पर्ने रहेको गुरुङ बताउँछन । उनी भन्छन ‘ यस क्षेत्रमा भौतीक संरचना निर्माणको लागि पनि सडकको आवश्यकता रहेको थियो । यस क्षेत्रको विकासको लागि पनि सडकको आवश्यकता रहेको छ ।’
पाटेनागीको मूख्य आकर्षण
तीन हजार मिटरको उचाईमा रहेको यस क्षेत्रबाट चाँदी झैं टलकिएका हिमालको आनन्दसँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ । यहाँबाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँबाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै भू भाग नियाल्न सकिन्छ । मेची हाइवे नखुल्दासम्म पाँचथर र ताप्लेजुङ जाने बाटो यहीबाट रहेको इतिहास छ । यसठाउँमा रेडपाण्डा पाउने भएको कारण विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको अवलोकनका लागि पनि यो ठाउँ महत्वपूर्ण रहेको छ ।


यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोलालगायत खोलाहरूको उद्गम स्थल र नाग ठुङ्गा भएकोे कारण धार्मिक हिसावले पनि अव्वल मानिन्छ । गाइ वस्तु विग्रियार दुध दिएन भने नाग ठुङ्गामा पुजा गर्दा गोठ सप्रने धार्मिक विश्वास रहेको वडाध्यक्ष तिर्थ गुरुङ बताउँछन । नाग ठुङ्गामा नाग, शंख लगाएतका विभिन्न किसिमका आकृति देख्न सकिने गुरुङको भनाई छ ।

यस क्षेत्रमा १२ प्रजातिका गुँरास देख्न सकिन्छ । सक्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत बैशाखको समयमा राताम्ये हुने गरेको छ । पुवामझुवाको पाटेनागीदेखि गोर्खेको मानेभञ्ज्याङसम्म गुराँसको जंगल छ । फरकफरक रंगमा फुलेका गुराँसले जता हे¥यो त्यतै रातम्ये देखिने गर्छ ।
इलामको सदरमुकामवाट ४० किलोमिटर पर्दछ भने र इलाम नगरपालिकाको बागखोर बजारबाट छ किलोमिटरको कच्चि सडकको यात्रा पछि यहाँ पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार