एकैदिन इलामका नौ जनामा कोरोना संक्रमण पुष्टि

संक्रिय संक्रमितको संख्या ३१

  सरलपाटी सम्वाददाता

 839 पटक हेरिएको

इलाम । आज एकैदिन इलामका नौ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमितमा सात पुरुष र दुई महिला रहेका छन् । थपिएका संक्रमितसँगै इलाममा कुल संक्रमितको संख्या एक सय ९२ जना पुगेका छन् ।

परीक्षणका लागि २१ जनाको स्वाब संकलन गरी पठाइएकामा ९ जनामा संक्रमण पुष्टि भएको इलामका कोभिड–१९ फोकल पर्सन कुल बहादुर पौडेलले जानकारी दिए । उनका अनुसार, संक्रमित सबै इलाम नगरपालिकाका हुन् ।

कन्ट्रयाक ट्रेसिङ्गका आधारमा परीक्षण गर्दा यी सबैमा संक्रमण पुष्टि भएको बताइएको छ । इलाम नगरपालिकाको बजारमा सञ्चालित होटल व्यवसायीका कन्ट्रयाकमा गएका आधारमा यिनीहरुको स्वाब संकलन गरिएको थियो ।

हालसम्म एक सय ६१ जना उपचारपछि घर फर्किसकेका छन् । हाल जिल्लामा ३१ जना संक्रिय संक्रमित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार