रोङ्गका प्रवत्ता स्याङ्बोलाई कोरोना संक्रमण पुष्टि

स्वास्थ्य अवस्था सामान्य

  सरलपाटी सम्वाददाता

 570 पटक हेरिएको

इलाम। इलामको रोङ गाउँपालिकाका प्रवत्ता तथा वडा नं – ६ का अध्यक्ष मणीकुमार स्याङ्बो ‘सुवास’ लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आफ्नो फेसबुक वालमा बुधबार स्टाटस लेख्दै आफू संक्रमित भएको जानकारी दिएका हुन् । गएको मंसिर २ गतेको परीक्षण रिपोर्टमा उनी संक्रमित भएको जानकारी पाएको बताइएको छ ।

गएको कार्तिक २४ गते उनको स्वास्थ्यमा समस्या देखिएको थियो । कोरोना भाइरस (कोभिड – १९) सँग मिल्दोजुल्दो लक्षण देखा परेपछि उनी आइसोलसनमा रहेका थिए ।

सुरुमा स्वास्थ्य अवस्था जटिल भएको भएपनि हाल भने सामान्य रहेको उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार