कोरोनाबाट इलाममा एक युवाको मृत्यु

जम्मा मृत्युको संख्या तीन पुग्यो

  सरलपाटी सम्वाददाता

 425 पटक हेरिएको

इलाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण इलाममा एक युवाको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका ५ का ३५ वर्षिय युवाको कोरोनाबाट हिजो साझ मृत्यु भएको हो ।

उनको दुई वटै मृगौलाले काम नगर्ने भएकाले लामो समयदेखि उपचार गराईरहेको परिवारले जनाएको छ । उपचारकै क्रममा केहि दिन अघि निमोनिया भएपछि उनलाई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक नेम्बाङ्गको रिपोर्ट भने मृत्युपछि मात्रै पोजेटिभ पुष्टि भएको हो । इलाममा कार्यरत सेनाहरुको पहलमा स्वास्थ्य मापदण्ड पालना गर्दै आज उनको अन्त्येष्टि गरिएको छ । रिपोर्ट पोजेटिभ आएपछि थप जोखिम बढ्ने भन्दै स्थानिय बिब्ल्याटे बजार बन्द गरिएको छ ।

बन्द गरिएको स्थानिय बजार पाँच दिनपछि खुल्ला गरिने वडा नम्बर पाँचका वडाकार्यलयले जनाएको छ । हालसम्म कोरोनाबाट इलामका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुर्योदयका १२ बर्षिय, माङ्गसेबुङ्गका ६५ बर्षिय रहेको जनाइएको छ ।

आज मात्रै इलामका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको इलामका कोभिड फोकल पर्सन कुल बहादुर पौड्यालले जानकारी दिए । उनका अनुसार, इलाममा संक्रमितको जम्मा संख्या एक सय ५८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार