इलाम । प्रदेश नं. १ मा आज ३५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, आइतबार २४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा होमआईसोलेसनबाट १९७, होटल एशियाटिक आईसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १० जना रहेका छन् ।
यस्तै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ९८ पुगेको छ ।