पाँच वर्षका बालिकासहित इलाममा नौ जना संक्रमित

कोरोना संक्रमित

  सरलपाटी सम्वाददाता

 271 पटक हेरिएको

इलाम । इलामको चुलाचुली गाउँपालिकाका नौ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । मंगलबार एकै दिन सात पुरुष एक बालिका सहित नौ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ ।

स्वाब संकलन गरेर पठाइएका ४० जना मध्ये नौ जनाको रिपोर्टमा पोजेटिभ देखिएको इलाम कोभिड – १९ फोकल पर्सन कुलबहादुर पौड्यालले जानकारी दिए । अन्यको भने रिपोर्ट नेगेटिभ आएको हो ।

जिल्लामा अझै एक सय जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको पौड्यालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार