इलाम । संघीय संसद प्रतिनिधिसभाकी सदस्य एवम जनगायिका सानु शिवा पहाडीको सम्मान एवम् सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । उनको सातौं दिनको पुण्य तिथिको सन्दर्भ पारेर कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा जिल्ला कमिटी इलामको आयोजनामा भएको श्रद्धाञ्जली सभामा जिल्ला कमिटी अध्यक्ष एवं भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको अध्यक्षतामा कार्यक्रम भएको हो । राष्ट्रियसभाका सांसद अगमप्रसाद वान्तवाले शोक मन्तव्य व्यक्त गरेका छन् ।
कार्यक्रममा स्व. पहाडीको संक्षिप्त जीवनी एवं योगदानकाबारेमा चर्चा गरिएको थियो ।