६५ औ प्रहरी दिवश विविध कार्यक्रम गरी मनाइयो

प्रहरी दिवश

  सरलपाटी सम्वाददाता

 340 पटक हेरिएको

इलाम । ६५ औं प्रहरी दिवश विविध कार्यक्रम गरी शनिबार इलाममा मनाइएको छ । विविध पक्षमा राम्रा–राम्रा कार्य गरी प्रेरणाको स्रोत बनेका व्यक्तिहरुलाई सम्मान गर्दै दिवश मनाईएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको हो ।

कर्तव्य पालनाको शिलशिलामा दिवङ्गत भएकाको परिवार, एसईई मा उत्कृष्ट अङ्क ल्याई पास गर्ने विद्यार्थी र उत्कृष्ट कार्य गर्ने प्रहरी जवान लगायतलाई सम्मान गर्दै दिवश मनाइएको छ । सम्मानित सबैलाई जिल्ला प्रहरी कार्यलय इलामका प्रमुख प्रहरी उपरीक्षक नविनराज राईले प्रसंसा पत्र, दोसल्ला ओडाएका थिए ।

यस्तै एसईई परीक्षामा (3.8GPA) अङ्क ल्याई पास भएकोमा उनलाई भने नगद रु १० हजार रुपैँया र खदा लगाएर सम्मान गरिएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।

उनका अनुसार, कार्यक्रममा जिल्ला प्रशासन कार्यलय इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना, पशुपतिप्रसाद गण इलामका प्रमुख सेनानी प्रभात थापा, सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर, १ नं. गण इलामका प्रमुख शसत्र प्रहरी उपरीक्षक सुधीर जङ थापाको कार्यक्रममा उपस्थिती रहेको बताइएको छ ।

यस्तै राष्ट्रिय अनुसन्धान विभाग इलामका प्रमुख अनुसन्धान अधिकृत पुष्प दाहाल, पुर्व प्रहरी संगठन इलामका अध्यक्ष बलराम कोईराला, अमर प्रहरी परिवारजन, पुर्व प्रहरी कर्मचारीहरु, सिनियर प्रहरी अधिकृत, जुनियरी प्रहरी अधिकृत तथा जवानहरु लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार