इलाम । सफल व्यवसायी बन्न व्यवहारिक सीप आवश्यक रहेको इलाममा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । जिल्ला समन्वय समिति र मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको उद्यमसिलता सम्बन्धि दश दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापन समारोहका वत्ताले व्यवसायीक सीपले मात्र आर्थिक रूपमा सबल हुन सकिनेमा जोड दिए ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहजिकरणमा भएको कार्यक्रममा व्यवसायीले आफ्नो व्यवसायमा सफल हुन उद्यमशिता सम्बन्धि व्यवहारिहक ज्ञान हुन आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले बताए ।
प्रमुख बरालले उत्पादन भएका जनशक्तिले ज्ञानको हस्तान्तरण गरेमा समाजलाई आर्थिक रूपमा विकास गर्न सहयोग गर्ने आशा व्यक्त गर्दै, सीप सिकेका व्यवसायीको सफलताले आर्थिक विकासमा सहयोग पुग्नेमा जोड दिए । उनले सिकेको सीपले अहिले भइरहेको मूल्य श्रींखलालाई व्यवस्थाप गर्दै, व्यक्तिको आर्थिक स्रोत व्यवस्थापनमा सहयोग पुग्ने समेत आशा गरे ।
उद्योग विभागको औधोगित व्यवसाय विकास प्रतिष्ठानका प्रमुख प्रशिक्षक अमिर लामाले सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सके मात्र व्यवसायिक सफलता मिल्ने बताए । उनले उद्यमी बन्न चाहने आफैले पनि उद्यमशिलता सम्बन्धि तालिम लिन आवश्यक रहेको जानकारी गराए ।
मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेले व्यवहारिक सीपले मात्र आर्थिक सामाजिक क्षेत्रको विकास हुने भएकोले दीगो सामाजिक विकासका लागि व्यवसायीक सीपसँग व्यवसायमा लाग्नुको विकल्प नरहेको बताए । मञ्चका उपाध्यक्ष बीरबहादुर खड्काले व्यवहारिक जीवनोपयोगी ज्ञानलाई व्यवहारिक बनाउँन सके मात्र उद्देश्यमा पुग्न सकिनेमा जोड दिए ।
कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले व्यवसाय गर्न चाहनेहरूका लागि सरकारी नीति समेत प्रष्ट हुनुपर्ने बताए । दश दिने प्रशिक्षणमा २७ जनाको सहभागिता थियो । यसमा जिल्लाका दश महिला सहित १७ पुरूष रहेका थिए ।


770 पटक हेरिएको 






