इलामका स्वास्थ्य प्रमुखलाई कोरोना पोजेटिभ

कोरोना कहर

  सरलपाटी सम्वाददाता

 1184 पटक हेरिएको

इलाम । इलाम स्वास्थ्य कार्यलय इलामका प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गएको २२ गते मोरङ्गमा संकलन गरिएको स्वाब परीक्षणको रिपोर्टमा पोजेटिभ देखिएपछि उनमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि उनी विराटनगरस्थित आफ्नै घरको होम आइसोलेसनमा बसेर स्वास्थ्य उपचार गराईरहेका छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

उनलाई संक्रमणको पुष्टि भएसँगै उनको कन्ट्रयाक ट्रेसिङ्गमा परेकाहरु २४ जनाको आइतबार स्वाब संकलन गरिएको छ । उनीहरु इलाम स्वास्थ्य कार्यलय र इलाम अस्पताल इलामका कर्मचारी हुन् । स्वाब परीक्षणका लागि सुरुङ्गाको कोटीहोम परीक्षण केन्द्रमा पठाइएको इलाम कोभिड–१९ फोकल पर्सन कुल बहादुर पौड्यालले जानकारी दिए ।

प्रदेश नम्बर १ मा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार ८९२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो तथ्याङ्क शनिबार साझसम्मको भएको मन्त्रालयको भनाई छ  । अहिलेसम्म प्रदेश १ का १ लाख ३६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार