इलाम । जंगलमा काट्दै गरेको रुखले अर्को रुख लडाउदा टाउकोमा लागेर इलाममा एक जनाको ज्यान गएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिका ४ का भानुभक्त दलार्मी मगरको रुखले लागेर आइतबार ज्यान गएको हो ।
२८ वर्षका मगरको रुखले लागेपछि घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिए । उनले भने, शवलाई पोष्टमार्टमका लागि जिल्ला इलाम अस्पतालमा राखिएको छ ।
घटना आज दिउसो भएको बताइएको छ ।