बैंकको कर्मचारीमा कोरोना देखिएपछि बैंकको शाखा बन्द

बैंकको फिक्कल शाखा बन्द

  सरलपाटी सम्वाददाता

 589 पटक हेरिएको

 

इलाम । सूर्योदय नगरपालिकाको फिक्कल स्थित ग्लोबल आइएमई बैंकको शाखाबाट काठमाण्डौं सरुवा भएका एक ३५ वर्षे पुरुष कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि बैंकको फिक्कल शाखा बन्द गरिएको छ ।

उनले असोज ११ गते ललितपुर स्थित ल्याबमा स्वाबको नमुना परीक्षण गराएका थिए । त्यसको भोलीपल्ट आएको परीक्षणको नतिजामा उनलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि बैंकको फिक्कल स्थित शाखाका १४ जना कर्मचारीको स्वाबको नमुना झापाको कोटीहोम स्थित ल्याबमा पठाइएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका बिपुल अधिकारी प्रेस नोट मार्फत जानकारी दिए ।

बैंकका कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पिसिआर परीक्षणको नतिजा नआएसम्मका लागि बैंक बन्द गरिएको सूर्योदय नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार