काठमाडौं । प्रदेश नम्बर १ प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ।आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो।
उत्कृष्ट लोगोलाई ५० हजार रूपैयाँ पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ। लोगो प्रदेश लोक सेवा आयोगको कार्यालय वा इमेलमार्फत् पठाउन सकिनेछ।
आजदेखि ३० दिनभित्र लोगो बुझाउने समय छ । म्याद सकिएपछि प्राप्त हुने लोगोलाई प्रतिस्पर्धामा सहभागी नगराइने आयोगले प्रष्ट पारेको छ। सामुहिक रूपमा गरेको डिजाइनलाई मान्यता नदिने आयोगको भनाइ छ।
लोगोमा सगरमाथा, लालीगुँरास लगायत प्रदेश नम्बर १ को चिनारी झल्किने कुनै सांकेतिक चिन्हको प्रयोग गरेको हुनु पर्नेछ। डिजाइनरले लोक सेवा आयोगको लोगोलाई आधारको रूपमा प्रयोग गरेको हुनु पर्नेछ।
लोगोमा ज्ञानको कुनै संकेत हुने गरी किताव, कलम लगायत स्केत हुनुपर्नेछ। लोगो province1psc@gmail.com मा पठाउन सकिनेछ।