एक सय ३२ अवैध सिक्किमे बरामत

११ कार्टुन मक्स नियन्त्रणमा

  सरलपाटी सम्वाददाता

 856 पटक हेरिएको

इलाम । अवैध रुपमा ल्याउदै गरेको एक सय ३२ बोत्तल भारतिय सिक्किमे मदिरा इलामको सिमा नाकामा बरामत गरिएको छ । सवारी साधन चेकजाँच गर्ने क्रममा इलामको सुर्योदय नगरपालिका सातमा सो बराबरको मदिरा बरामत गरेको हो ।

मे १ ज २१७६ नम्बरको मारुती भेनमा नेपाल ल्याउदै गरेको अवस्थामा बाटैमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार, मदिरासँगै सवारी साधन र चालकलाई समेत नियन्त्रणमा लिइएको छ । २९ वर्षका गाडीचालक पुर्णकुमार तामाङ सुर्योदय नगरपालिका २ का हुन् ।

आवश्यक कारवाहीका लागि मदिरा, सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यलय इलाम ल्याइ कर दाता सेवा कार्यलय इलाममा जिम्मा लगाइएको उपरीक्षक सुवेदीले जानकारी दिए । प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिगएको टोलीले मदिरा बरामत गरेको हो ।

यस्तै यसै पालिकाको वडा नम्बर १० नयाँचोकस्थित तीन होटलमा लुकाई छिपाई राखिएको दुई सय ३७ बोत्तल भारतीय सिक्किमे मक्स (मदिरा) बरामत गरिएको बताइएको छ । जसमा कल्पना तामाङ्ले सञ्चालन गरेको जिम्बा होटलबाट एक सय ४१, डम्बर प्रधानले सञ्चालन गरेको एभरेष्ट होटलबाट ४८ र पदम प्रधानको होटलबाट ४८ बोत्तल मदिरा बरामत गरिएको हो ।

लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा बरामत भएको मदिरालाई प्रहरी चौकी फिक्कलमा ल्याई कर दाता सेवा कार्यलय इलाममा बुझाइएको छ । इलाका प्रहरी कार्यलय पशुपतिनगरबाट प्रहरी निरीक्षक रमेश राईको टोलीले सो बराबरको मदिरा बरामत गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार