इलाम । प्रदेश १ मा आज १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा सबै भन्दा बढी मोरंगमा ७२ जना संक्रमित थपिएका छन् ।
यस्तै सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, आज थपिएकासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय ५५ पुगेका छन् ।
डिस्चार्ज हुनेको संख्या भने १ सय १९ जना रहेका छन् । जसमा होम आईसोलेसनबाट ८९, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आईसोलेसन, ताप्लेजुङ, बैजनाथपुर आईसोलेसन, विराटनगर र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १–१ जना डिस्चार्ज भएका हुन् ।
आज थपिएकासँगै जम्मा संख्या दुई हजार सात सय ८८ पुगेका छन् । हालसम्म १ लाख २० हजार २३ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


295 पटक हेरिएको 






