चुलाचुली गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईसँग माहामारीका कारण भएको समस्या, कोरोना संक्रमण र नियन्त्रणकाबारेमा पालिकाको योजना तथा गतिविधिकाबारेमा केन्द्रित भई भगीरथ भण्डारीले गरेको कुराकानीको एक अंश
# तपाईको स्थानीय तहमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?
कोरोना संक्रमण भाईरस नेपालमा संक्रमण देखिन थालेसँगै सुरक्षित रहनका लागि प्रचार प्रसार गरेर जानकारी गरायौँ । प्रचार प्रसारकै कारणले पनि अहिलेसम्म संक्रमण नियन्त्रयमा रहेको छ । चुलाचुली गाउँपालिकामा अहिले दुई जना मात्र क्वारोटाइनमा रहेका छन् । जसको स्वास्थ्य अवस्था पनि सामान्य छ । अहिलेसम्मको अवस्था हेर्दा छ जनामा मात्र संक्रमण देखिएको छ ।
# कोरोना संक्रमण रोक्न के कस्ता उपाय अपनाउनु भएको छ ?
झापा र मोरङसँगको सिमाना जोडिएको पालिका भएकाले शुरु देखि नै प्रचार प्रसारलाई तिब्रता गरियोे । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना गर्न लगायौँ । क्वारेन्टाईनको व्यवस्था गर्यौँ । बाहिरबाट आउनेलाई नाकामा कडाई गरेर कामको अवस्थाका आधारमा मात्र प्रवेश गर्न दिईयो । सार्वजनिक स्थल कार्यलयमा जाँदा सामाजिक दुरी कायम गर्ने प्रहरीको सहयोग मार्फत कडाई भईरहेको छ । सुरक्षित रहन पटक–पटक आग्रह गरेका छाँै । सेनिटाईजर र माक्स साथै साबुनपानीको प्रयोग अनिवार्य गर्ने गरेका छौ ।
# कोरोना संक्रमण रोक्न स्थानिय जनताबाट के अपेक्षा छ ?
यहाँका जनता बुझ्ने भएकाले पनि संक्रमण नियन्त्रण गर्न सजिलो छ । जनताबाट ठूलो अपेक्षा त केही छैन । तर सबै भन्दा बढी सचेत भनेको समुदाय नै हो । समूदाय सचेत रहयो भने कोरोना नियन्त्रण गर्न सकिन्छ । गाउँबासिमा अझै पनि के अनुरोध छ भने हाम्रो पालिकामा बाहिरबाट जो आउनु भएको छ हामिलाई जानकारी गराउनुहोस । यदि कोहि संक्रमित रहेछन् भने पनि उपचार गर्न सहज हुने र समुदायमा फैलनबाट नियन्त्रण गर्न सकिन्छ ।
# कोरोना संक्रमण नियन्त्रणका लागी केन्द्रिय सरकारबाट कस्तो सहयोग पाउनु भएको छ ?
जिल्लाका विभिन्न संघ सस्था र व्याक्तिबाट मास्क र सेनिटाइजर उपलब्ध भएको छ । जनप्रतिनिधिको पहलमा पनि केहि सुरक्षा सामग्री उपलब्ध भएका छन् । केन्द्रिय सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि हाम्रो पालिकामा आर्थिक सहयोग भएको छैन । प्रदेश सरकारबाट भने ५ लाख रुपैया सहयोग भएको छ ।
# कोरोना संक्रमण नियन्त्रणका लागी केन्द्रिय सरकारले चाल्नु पर्ने कदम के – के छन् ?
झापाको दमक र मोरङसँग सिमाना जोडिएका कारण र सवारी पास प्रशासनबाट मात्र हुने हुँदा समस्या भईरहेको छ । दमकको केर्खा निस्केर विर्तामोड हुँदै प्रशासन कार्यालय पुगेर सवारी पास बनाएर आउन एकदिन लाग्छ । कहिले काहि तत्काल हिड्नु पर्ने हुँदा समस्या भएको छ ।
यसका लागि स्थानीय तहलाई केहि जिम्बेवारी दिनु पर्ने देखिन्छ । सरकार आफ्नो हिसावले लागेकै छ । भर्खरै मात्र केन्दीय सरकारले पाँच वेडको अस्पताल खोल्न पत्र लेखेको छ । यसले हामीलाई अन्यौलमा पारेको छ । अस्पताल तत्काल खोल्न स्थानीय सरकारलाई पनि समस्या हुन्छ त्यसका लागि समन्वय आवश्यक रहन्छ ।