गजल

यता आइ तिम्रो बाले मित नाता गाँसी गाँसी ।
जरा गाडे मेरो बाको जरा बुट्टा मासी मासी ।

एक अर्कामा बिलाइ जाने नुनपानी जस्तै हामी,
भन्दै बालाइ सुताएछन् थाङ्ममा नै हाँसी हाँसी।

स्याल मुते पाखा भन्दै सुम्पे बाले जगर बगर ,
त्यै पाखामा बिभेद रोप्यो समानता नासी नासी।

मेरै छेमा नाहाङ्माको जाँड पानिले मलाई मताई,
बिछ्याएछौ जाल बुनी खेवाभरी फाँसी फाँसी ।

फुकाएर भालु मित फाँसी जाल त्यो काटौं अब,
इन्द्रेणी झैं सुन्दर समाज बनाउ अब हाँसी हाँसी।

याम लिम्बू
इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार