इलाम।पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दाेलनले बनाएको संविधान उदाहरणीय रहेको बताएका छन्।
शनिबार साँझ ‘विश्व इलामेली भर्चुअल सम्मेलन–२०२०’ लाई सम्बोधन गर्दै नेता खनालले अाजकाे दिन संविधान निर्माण भएको ऐतिहासिक दिन भएकाे बताए । उनले जनताले बोल्नसमेत नपाउने राजनीतिक व्यवस्थामाथि जीत हासिल गरेर लोकतन्त्र ल्याउन सफल भएको उल्लेख गरे ।
“आजभन्दा ३० वर्षअघिसम्म तत्कालीन शासकले कुण्ठित गरेको अधिकार ल्याएर हामी अहिले नयाँ व्यवस्थामा छौं”, खनालले भने । उनले सम्भावनै सम्भावनाले भरिपूर्ण इलाम ‘देशकै नमूना जिल्ला’ रहेको बताए । चिया, अलैँची, अदुवालगायतका कृषिउपज उत्पादन हुने नेपालकै उत्कृष्ठ जिल्लामा इलाम पर्ने खनालले बताए ।
विगतमा विजुली, खानेपानी र सडक पूर्वाधार अभाव रहेको इलाममा अहिले भने धेरै पूर्वाधार पुगेको बताए । “इलामका लागि गर्न बाँकी धेरै काम छन्”, खनालले भने, “यहाँ पर्यटकीयदेखि कृषिजन्य पदार्थ उत्पादनका लागि पनि उल्लेखिय काम गर्न बाँकी छ ।”


618 पटक हेरिएको 






