शहरी स्वास्थ्य केन्द्र उद्घाटन

उद्घाटन

  सरलपाटी सम्वाददाता

 556 पटक हेरिएको

इलाम । संविधान दिवसको अवसर पारेर इलाम नगरपालिका–६ मा निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो । स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्रको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले उद्घाटन गरे । ३० लाख २२ हजार पाँचसय २३ रुपैयाँको लागतमा बनेको शहरी स्वास्थ्य केन्द्र भवनमा चारवटा कोठा रहेका छन् ।

त्यसमध्ये एउटा क्लिनिकल रुम, डिसपेनसरी रुम, ल्याब, कार्यालय कोठा रहने बताइएको छ । शहरी स्वास्थ्य संस्थबाट प्रसुती सहितको स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिकाको तयारी छ । स्वास्थ्य केन्द्रको उद्घाटनको क्रममा भवन निर्माणको लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गा दाताद्धय मित्रलाल भट्टराई र तेजकुमारी दाहाललाई सम्मान गरिएको छ ।

भट्टराई र दाहाललाई नगरप्रमुख बस्नेतले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् । स्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्दै प्रमुख महेश बस्नेतले नगरपालिकाले स्वास्थ्य सेवाको विस्तार गर्न नगरपालिकाले प्राथामिकताका साथ योजनाहरु कार्यान्वयन गरिरहेको बताए ।

वडा अध्यक्ष माधव प्रसाद भट्टराईको अध्यक्ष तथा नगरप्रमुख बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडानम्बर ९ का वडाअध्यक्ष श्यामकृष्ण घिमिरे, नगरका इन्जिनियर दिपक गुरागाँई, जग्गादाता मित्रलाल भट्टराई लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार