शहरी स्वास्थ्य केन्द्र उद्घाटन

  सरलपाटी सम्वाददाता

 748 पटक हेरिएको

जग्गा दाता गोपाल सुवेदीलाई सम्मान गर्दै नगरप्रमुख बस्नेत ।

इलाम । संविधान दिवसको अवसर पारेर इलाम नगरपालिका–८ मा निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो । स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्रको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले उद्घाटन गरे । ३० लाख २२ हजार पाँचसय २३ रुपैयाँमाको लागतमा बनेको शहरी स्वास्थ्य केन्द्र भवनमा चारवटा कोठा रहेका छन् । त्यसमध्ये एउटा क्लिनिकल रुम, डिसपेनसरी रुम, ल्याब, कार्यालय कोठा रहने बताइएको छ । शहरी स्वास्थ्य संस्थबाट प्रसुती सहितको स्वास्थ्य सेवा प्रदान गने नगरपालिकाको तयारी छ । स्वास्थ्य केन्द्रको उद्घाटनको क्रममा भवन निर्माणको लागि निशुल्क जग्गा प्रदान गर्ने जग्गा दाता गोपाल सुवेदीलाई सम्मान गरिएको छ । सुवेदीलाई नगरप्रमुख बस्नेतले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् । स्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्दै प्रमुख महेश बस्नेतले नगरपालिकाले स्वास्थ्य सेवाको विस्तार गर्न नगरपालिकाले प्राथामिकताका साथ योजनाहरु कार्यान्वयन गरिरहेको बताए ।
वडा अध्यक्ष होम बस्नेतको अध्यक्ष तथा नगरप्रमुख बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्षहरु ठाकुर नारायण श्रेष्ठ, नरेश श्रेष्ठ, नेकपाका नवराज शंकर, वडा सदस्य डिपी दुलाल लगायतले बोलेका थिए । स्वास्थ्य केन्द्रका नगरपालिकाले इलाम नगरपालिका ६ मा निर्माण भएको शहरी स्वास्थ्य केन्द्रको पनि आजै उद्घाटन गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार