इलाम नगरपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेलसँग कोरोना संक्रमण र नियन्त्रणकाबारेमा पालिकाको योजना तथा गतिविधिकाबारेमा केन्द्रित भई भगीरथ भण्डारीले गरेको कुराकानीको एक अंश
# तपाईको स्थानीय तहमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?
चिनबाट शुरु भएको कोरोना संक्रमण भाईरस नेपालमा संक्रमण देखिन थालेसँगै शुरु देखि नै संयमित रहिरहेको हुँदा अहिलेसम्म इलाम नगरपालिका सुरक्षित रहेको छ । तथ्याकं हेर्ने हो भने त इलाम नगरपालिकामा सबै भन्दा बढि संक्रमित देखिएका छन् । भदौ २१ सम्मको तथ्याकंमा ५७ जनामा संक्रमण रहेको छ । यो जिल्लाकै सब भन्दा धेरै संक्रमण हो तर शसस्त्र प्रहरीमा धेरै देखिएको कारण संख्या धेरै भए पनि समुदाय सुरक्षित छ ।
# कोरोना संक्रमण रोक्न के कस्ता उपाय अपनाउनु भएको छ ?
शुरु देखि नै प्रचार प्रसारलाई तिब्रता दिईयो । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना गर्न लगायौँ । बाहिरबाट आउनेलाई कडाई गरिरहेका छौ । सार्वजनिक स्थल कार्यलयमा जाँदा सामाजिक दुरी कायम गर्ने प्रहरीको सहयोग मार्फत कडाई भईरहेको छ । सेनिटाईजर र मास्क साथै साबुन पानीको प्रयोग अनिवार्य गर्ने गरेका छौ । बाहिरबाट आउनेहरुको श्वाब संकलन अनिवार्य गरेका छौ । आवश्यकता अनुसार समुदायमा पनि श्वाब परीक्षण गर्ने काम पनि भईरहेको छ ।
# कोरोना संक्रमण रोक्न स्थानिय जनताबाट के अपेक्षा छ ?
यसका लागि सबै भन्दा बढी सचेत भनेको समुदाय नै हो । इलाम नगर बासी धेरै सचेत हुनुहुन्छ त्यसै कारण पनि संक्रमण नियन्त्रणमा छ । बाहिरबाट कोहि आउनु भएको छ भने जानकारी दिने र कोरोना संक्रमणबाट बच्नको लागि महत्वपूर्ण भूमिका जनताबाट भैरहेको छ । यसरी नै काम विशेष बाहेक एक अर्का घरमा आवत जावत नगर्ने र गर्ने पर्ने भए तोकिएको मापदण्डमा रहेर मात्र जाने गरियो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।
कोरोना संक्रमण नियन्त्रणका लागी केन्द्रिय सरकारबाट कस्तो सहयोग पाउनु भएको छ ?
केन्द्रिय सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि हाम्रो पालिकामा आर्थिक सहयोग भएको छैन । सहयोगको कुनै जानकारी पनि छैन ।
# कोरोना संक्रमण नियन्त्रणका लागी केन्द्रिय सरकारले चाल्नुपर्ने कदम केके छन ?
यसका लागि सरकार लागेकै छ । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सरकारले मात्र गरेर हुदैन जनताको पनि सहयोग आवश्यक पर्छ त र कोरोना संक्रमण संग सम्बन्धित निर्देशिका बनेका छन त्यसलाई कडाईका साथ कार्यन्वयन गराउनु पर्ने देखिन्छ । पनि अन्तर जिल्ला आवतजावतलाई कडाई गर्नेे हो भने पनि समुदायमा संक्रमण पुग्दैन ।