वक्तृत्वकलाको एक नम्बर प्रदेश प्रथम ‘नवराज भट्टराई’

वक्तृत्वकला प्रतियोगिता

  याम माबोहाङ लिम्बू

 531 पटक हेरिएको

इलाम । एक नम्बर प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोरङको नवराज भट्टराई प्रथम भएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको प्रतियोगितामा ताप्लेजुङकी अनिता पन्धाक द्वितीय र पाँचथरका योगेश तिम्सिना तृतीय भएका छन् ।

एक नम्बर प्रदेशको चौध जिल्लाबाट प्रथम भएका सहभागी मध्ये प्रदेश स्तरको प्रतियोगितामा बिजेताले क्रमश प्रमाण पत्र सहित प्रथम, द्वितीय र तृतीयले १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भर्चुअल माध्यमबाट “कोरोना भाइरस (कोभिट –१९)ले बालकालिकामा पारेको असर र सरोकारवालाको भूमिका” विषयको वक्तृत्वकला प्रतियोगितामा प्रदेशका दुई सय आठ जना बालबालिकाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा समदायको बालबालिका पनि सहभागी हुन पाउँने भनिएपनि समुदायको बालबालिकाको सहभागीता नजनाएको बताइएको छ ।

किण्डरमिसनरेक जर्मनीको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा सह–आयोजकको रूपमा बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनाका साझेदार संस्था, वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङ, मानव अधिकार चेतना र विकास केन्द्र पाँचथर, सामुदायिक विकास मञ्च धनकुटा, देउराली सोसाइटी तेह्रथुम, समाज स्पर्श समिति संखुवासभा, प्रदेश कोकन मोरङ, दुरदृष्टि विकास समाज सुनसरी, मानव अधिकार सूचना र सुशासनका लागि सुशासन हिमायती उदयपुर, जनसेवा समाज नेपाल खोटाङ, एकीकृत श्रोत व्यवस्थापन समिति ओखलढुङ्गा र योङ स्टार क्लब सोलुखुम्बु रहेका छन् ।

मानव अधिकार मञ्च नेपालको अध्यक्ष मोहनसिंह थेबेलेका अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश स्तरको प्रतियोगिताका लागि बाल अधिकारकर्मी सुमन अधिकारी र मानव अधिकार मञ्चका शिखरनाथ सापकोटाको निर्णायक समूहलाई महिला विकास अधिकृत राजकुमारी राईले नेतृत्व गरेकी थिइन् ।

कार्यक्रममा अनलाईन मार्फत एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री रामबहादुर राना मगर, प्रदेश सासद खिनु लङ्वा, काजिमान कागते, उमिता विश्वकर्मा, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, राष्ट्रिय बाल अधिकार परिषदका मिलन धरेल, कन्सोटियम नेपलका प्रदेश संयोजक स्वस्तिका पोखरेल, गैर सरकारी संस्था महासंघ प्रदेश अध्यक्ष प्रकाश अधिकारी, नेपाल पत्रकार पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइटेल, उपाध्यक्ष सोम सुशेली साझेदार सस्थाका पदाधिकारको सहभागिता रहेको थियो ।

विपदको समयमा बालबालिकाले समस्या मात्र होइन समस्याले सृजना गरेको अवसरलाई बुझाउँदै घरमै बस्न बाध्य विद्यार्थीका प्रतिभाको खोजी बानी बसाल्ने । बालबालिका आफैमा भएको प्रतिभाको खोजी गर्ने सीपको विकास गरेर समाज घर परिवारसँग बाल संरक्षणका लागि समाजलाई ऐक्यबद्वता दिलाउँन सहयोग पुग्ने अपेक्षा सहित कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक रूद्र थबेले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार