‘चनौति भनेको अवसर हो बदल्न सक्नुपर्छ’ : मूख्यमन्त्री राई

अवसर

  याम माबोहाङ लिम्बू

 422 पटक हेरिएको

इलाम । एक नम्बर प्रदेशका मूख्यमन्त्री शेरधन राईले महामारीको चुनौतिलाई अवसरमा बदल्नु पर्ने बताएका छन् । उनले मानव अधिकार मञ्च नेपाल इलामले बाल दिवसको अवसरमा आयोजना गरेको एक नम्बर प्रदेश स्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगीताको अवसरमा बोल्दैं चुनौतिलाई अवसरमा बदल्न उच्च सर्तकता अपनाउँदै अर्थतन्त्र र सामाजिक प्रणालीलाई बचाउनु पर्नेमा जोड दिए ।

समाजको नेतृत्व गर्ने बालबालिकाको स्वतन्त्रतापूर्वक अनिवार्य शिक्षाको अधिकार सुनिश्चित हुनुपर्ने बताउँदै मुख्यमन्त्री राईले बालबालिकाको अधिकार र कर्तव्यको बारेमा जानकारी गराउँनु वर्तवान पुस्ताको कर्तव्य भएको बताए ।

समाजलाई सक्षम र योग्य बनाउँन आजका बालबालिकामा लगानी गर्न प्रदेश सरकारले अविभावकत्व गरिरहेको बताउँदै मूख्यमन्त्री राईले भने ‘बालबालिकाको पक्षमा तीन वटै सरकार संवेदनशिल छौं । महामारीको नाममा शैक्षिक शत्र नगुमोस् भनेर प्रयाप्त पूर्वाधार र अनुकूल वातावरण बनाउँन सरकार प्रतिवद्व छ ।’

एक नम्बर प्रदेशका मूख्यमन्त्री राईले महामारीको प्रभावलाई उपयोग गरेर बालबालिका लगायत सबैले प्रविधीलाई सामाजिक सामिप्यतामा ल्याएर जीवनोपयोगी बनाउन सबैलाई एक ढिक्का भएर लाग्न आग्रह समेत गरे ।

प्रतियोगिताको अवसरमा बालबालिकालाई शुभकामना दिदैं, प्रदेशभरका सबै खालका बालबालिकाको अविभावकत्वको भूमिका निर्वाह गरिरहेको बताउँदै, बालबालिकाको समग्र विकास गर्न एक नम्बर प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार